सिरहामा सात क्विन्टल १७ किलो गाँजा बरामद

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा शुक्रबार बिहान करिब ६ बजे ६० वर्षीय मेदि यादवको घरमा छापा मार्दा २७ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।
उनका अनुसार प्रचौ सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको संयुक्त ८ जनाको टोलीले पहिलो चरणमा २६ पोका गाँजा फेला पारेको थियो। पछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप गएको टोलीले थप १ पोका फेला पार्दा कुल ७१७.६ किलोग्राम ९सात क्विन्टल १७ किलो ६ सय ग्राम० गाँजा बरामद भएको हो।
बरामद गरिएको सबै गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ। घटनाका मुख्य अभियुक्त मेदि यादव हाल फरार रहेका छन् भने उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।












अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया