मंगलबार, वैशाख १५, २०८३

त्रिवेणीमा जिप दुर्घटना हुँदा सात जना घाइते

मेरोन्यूज २०८२ साउन २ गते १३:४७

त्रिवेणी ।रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ ।

Advertisement
NiccNicc

वडा नं २ को बादँरपानी, रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप शुक्रबार बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा हुनुहुन्छ । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरी चौकी सिम्रुतुले जनाएको छ ।

जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जिप चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ ।

प्रतिक्रिया