डिभोर्सबारे एलिनाका पूर्वपतिले मुख खोले, ‘मेरो मौनतालाई कमजोरी नठान्नु, दोषको स्वीकारोक्ति नमान्नु’

काठमाडौं । गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले आफ्नो डिभोर्सका विषयमा पहिलोपटक मुख खोलेका छन् । एलिनाले लगाइरहेका आरोपहरुका सम्बन्धमा उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएका हुन् ।
सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । आफ्नो चरित्रहत्याका विरुद्ध अष्ट्रेलियामा नै कानूनी प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ ।
सापकोटाले लेखेका छन्, ‘म स्पष्टरूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियोहरु र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुऱ्याइरहेका छन् ।
प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म– सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानी तथा ब्याबसायिक नोक्सानिको क्षतिपुर्ति सहित मैले अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।’
उनले आफ्नो मौनतालाई कमजोरी ठान्नु वा दोष स्वीकारेको संकेत मान्नु पूर्णरुपमा अनुचित हुने बताएका छन् । ‘अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?’, उनले प्रश्न गरेका छन् ।















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सामान्य अंकले बढ्यो सेयर बजार
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
प्रतिक्रिया