साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं। दुर्गा प्रसाईंले साइबर अपराधको मुद्दामा सफाइ पाएका छन् । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि भएको घटनामा उनले जेल जीवन बिताइरहेका थिए ।
काठमाडौं जिल्ला अदालत मा दायर भएको उक्त मुद्दामा दाबी नपुग्ने भन्दै न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले रिट नै खारेज गरिदिएको हो। एउटा युट्यूब च्यानललाई अन्तर्वार्ता दिने क्रममा प्रसाईंले आफूमाथि चारित्रिक लाञ्छना लगाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले साइबर अपराधमा मुद्दा दायर गरेकी थिइन्। असार ३२ गतेको उक्त फैसलाअनुसार प्रसाईंसँगै पत्रकारहरू प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेले पनि सफाइ पाएका छन्।
साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा गत असोज ६ गते प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। असोज १५ गतेको थुनछेक बहसमा अदालतले प्रसाईंलाई धरौटीमा पठाएको थियो ।गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनाउन मुख्य योजनाकारका भएको आरोपमा प्रसाईं अहिले जेल जीवन बिताइरहेका छन् ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया