मंगलबार, वैशाख १५, २०८३

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

मेरोन्यूज २०८२ साउन ३ गते ८:३३

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।

Advertisement
NiccNicc

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा तेब्बर बढी ४५६ जना कैदीबन्दी राखिएको छ ।अहिले कारागारमा सबैभन्दा बढी लागूऔषधका १६७ जना कैदीबन्दी छन् । बाँकी विभिन्न कसूका रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए ।

उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको बताए । कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागूऔषधका सेवनका कारण अन्य अपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय आपराधिक कटना बढेको बताए ।

उनले लागूऔषधका कारण पनि अपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको बताए ।

जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागूऔषधका बैन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ । 

प्रतिक्रिया