अफगानिस्तानमा कार र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु
मेरोन्यूज
२०८२ साउन ३ गते १४:४६

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
राज्य सञ्चालित बख्तर समाचार एजेन्सीका अनुसार, यो दुर्घटना गजनी र छिमेकी प्रान्त कन्धार जोड्ने मुख्य सडकमा पर्ने अब बन्द जिल्लामा भएको हो ।
समाचारमा जनाइएअनुसार, यात्रु सवार कार एक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, लापरवाह ड्राइभिङ दुर्घटनाको मुख्य कारण मानिएको छ र घटनाको थप अनुसन्धान थालिएको बताइएको छ ।
यसैबीच, केही दिनअघि मात्रै गजनीकै छिमेकी प्रान्त हेलमण्डमा भएको अर्काे यस्तै दुर्घटनामा ११ जनाको मृत्यु र चार जना घाइते भएका थिए । अफगानिस्तानका ग्रामीण सडकहरूमा हुने यस्ता दुर्घटनाहरूमा सवारीको अवस्थासँगै लापरवाह गतिको पनि ठूलो भूमिका हुने गरेको देखिन्छ ।
सम्बन्धित
















अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया