गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी। संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् ।
संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय (ओसीएचए) ले सार्वजनिक गरेको प्रतिवेदनमा इजरायली प्रशासनले गाजाको उत्तरी क्षेत्रमा पुनः जबरजस्ती विस्थापनको आदेश दिएको उल्लेख गरिएको छ । त्यहाँका अस्पतालमा उपचारको अभावका कारण कुपोषित बालबालिका र वयस्कहरू ज्यान जोखिममा परेका छन् ।
पछिल्ला दिनहरूमा इन्धन संकट अझै चर्किएको छ । सीमित मात्रामा इन्धन आए तापनि फोहर व्यवस्थापन रोकिएको छ भने डिर अल बलाह क्षेत्रमा पानीका कुवाहरू बन्द भएका छन् । यस्तै, डायलाइसिसजस्ता जीवनरक्षक स्वास्थ्य सेवाहरू पनि बन्द हुनुका साथै अन्य सेवा रोक्ने तयारी भइरहेको छ ।
मानवीय सहायता गाजाभित्र प्रवेश गराउन गरिएको प्रयास पनि निरन्तर असफल हुँदै गएको छ । हालैका १३ प्रयासमध्ये केवल ७ प्रयासमा मात्र इजरायली प्रशासनले अनुमति दिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सङ्गठनले गाजामा युद्ध, विस्थापन, भोकमरी, इन्धन अभाव र जनमानसमा बढ्दो निराशालाई सामूहिक अभाव सामान्यजस्तो बन्दै गएको त्रासदीपूर्ण अवस्था भएको टिप्पणी गरेको छ ।
यसैबीच, गाजामा खाद्यान्नको गम्भीर अभावले दुर्भिक्षको अवस्था ल्याएको र अन्तर्राष्ट्रिय समुदाय भने अझै मौन रहेकोमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूले खेद प्रकट गरेका छन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया