मंगलबार, वैशाख १५, २०८३

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

मेरोन्यूज २०८२ साउन ४ गते ८:३८

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ। बाढीले डाइभर्सन छोपेपछि राजमार्ग अवरुद्ध भएको हो।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार रातभर पानी परेपछि आएको बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो।

बाढीले डाइभर्सनमा क्षति गरेसँगै मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ।

प्रतिक्रिया