आइतबार, मंसिर ७, २०८२

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

मेरोन्यूज २०८२ साउन ४ गते ८:५२

र्वत । गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्

मोदी गाउँपालिका- ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी ७६ वर्षीय छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएका एक जनाको भने सकुशल उद्धार गरिएको छ । पहिरोमा पुरिँएकालाई गाउँले उद्धार गरेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया