टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदा गाडीले किचेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ साउन ४ गते ९:५०

देउखुरी (दाङ) । देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए ।
तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया