रामेछापकी चाहानाले जितिन् मिस ग्राण्ड नेपाल २०२५ को उपाधि

काठमाडौं । मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जितेकी छन्।
देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहाना उपाधिसहित ईभी स्कुटर हात पार्न सफल भएकी छन्।
त्यस्तै गरिमा गुरुङले मिस टुरिजम वर्ल्ड नेपाल २०२५, स्नेहा केसीले मिस सुपर ग्लोबल नेपाल २०२५ तथा सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ को उपाधि हात पार्न सफल भएका छन्। सो अवसरमा चाहनासहित चारै विजेताहरूलाई नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, उपलब्ध गराइएको थियो।
फरक फरक विधामा छानिएका चार विजेताहरूले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गर्ने आर के इन्टरटेन्मेन्ट ग्रुपका निर्देशक राम केसीले जानकारी दिए।
कार्यक्रममा देशभरका युवा प्रतिभाहरुको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झा, सभापति राजु रहँदा निर्णायकका रुपमा गीता गुरुङ, मिस पबी, सुस्मी कडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड जजको रूपमा राम हरि सिलवाल रहेका थिए।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया