सोमबार, चैत ३०, २०८२

पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु

मेरोन्यूज २०८२ साउन ५ गते ९:३१

इस्लामवाद। पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ।

जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा १६ र इस्लामाबाद र पाकिस्तान प्रशासित कश्मीरमा १–१ जनाको मृत्यु भएको छ ।

एनडीएमएका अनुसार भवन भत्किँदा १ सय १८, बाढीका कारण ३० जनाको मृत्यु भएको छ भने डुबेर, चट्याङ, विद्युत् करेन्ट र पहिरोका कारण पनि धेरैको मृत्यु भएको छ।

पाकिस्तानमा आएको बाढीका कारण अहिलेसम्म ५६० भन्दा बढी घाइते भएका छन् जसमा १८२ बालबालिका रहेका छन्। उनीहरू यतिखेर आश्रयस्थल र स्थानिय अस्पतालमा उपचाररत रहेका छन् ।

पाकिस्तानमा हरेक वर्ष जुन देखी सेप्टेम्बरको बीचमा मनसुन बाढी आउँछ। जसले गर्दा ठूलो धनजनको क्षति हुदैँ आएको छ ।

उता, संयुक्त राष्ट्रसंघले खैबर पख्तुनख्वा र गिलगिट–बाल्टिस्तानका पहाडी क्षेत्रमा हिमनदीको ताल फुट्ने सम्भावना रहेको चेतावनीसमेत दिएको छ। सो हिमताल फुटेमा थप क्षति हुने जनाइएको छ ।
 

प्रतिक्रिया