जुम्लामा पुँजीगत खर्च ६७ प्रतिशत मात्र

जुम्ला। जुम्लाको विकासका लागि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको कूल बजेटमध्ये ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ ।
पुँजीगततर्फ रु तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजन गरिएकामा रु दुई अर्ब आठ करोड १९ लाख ८५ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले जानकारी दिए।
यहाँका आठ वटा स्थानीय तहसहित जिल्लाका ३६ वटा सङ्घीय सरकारका मातहतका कार्यालयका लागि चालु र पुँजीगतका लागि जम्मा बजेट आठ अर्ब ६३ करोड ६० लाख बजेट विनियोजन भएको थियो । चालुतर्फ रु पाँच अर्ब ५९ करोड ४९ लाख बजेटमध्ये रु पाँच अर्ब २८ करोड ८१ लाख अर्थात् ९४ दशमलब ९६ प्रतिशत बजेट चालुतर्फको खर्च भएको छ ।
पुँजीगततर्फ रु तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजन बजेटमध्ये रु दुई अर्ब आठ करोड १९ लाख ८५ हजार अर्थात् ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ ।
कूल बजेटको चालु र पुँजीगत गरी सात अर्ब ३७ करोड एक लाख २५ हजार अर्थात् ८५ दशमलब २३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख घर्तीमगरले बताउनुभयो । कूल बजेटको एक अर्ब २७ करोड ५९ लाख १७ हजार विकास बजेट खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।
सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी सघन सहरी तथा भवन आयोजना जुम्लाको बजेट धेरै फ्रिज भएको छ । उक्त कार्यालयलाई विनियोजित पुँजीगत बजेटतर्फ एक अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख सात हजार अर्थात् ५४ दशमलव ६४ प्रतिशत मात्र खर्च भएको छ ।
उक्त कार्यालयको पुँजीगततर्फ जुन बजेट खर्च हुन नसक्दा ७५ करोड दुई लाख ६९ हजार बजेट खर्च फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ रु ७१ करोड ५५ लाख बजेटमध्ये रु ५६ करोड ३२ लाख १२ हजार अर्थात् ७८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । रु १५ करोड ४२ लाख ६३ हजार बजेट पुँजीगत तर्फको खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया