बंगलादेश वायुसेनाको विमान विद्यालय भवनमा दुर्घटनाग्रस्त

ढाका। बंगलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो विमान जेट माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
फायर सर्भिस र सिभिल डिफेन्सले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।
ढाकाको उत्तरामा प्रशिक्षण विमान दुर्घटनामा परी कम्तीमा २५ जनालाई नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा लगिएको छ । उनीहरुको पहिचान तुरुन्तै थाहा हुन सकेको छैन तर उनीहरुमध्ये अधिकांश विद्यार्थी हुन् । अन्य कैयौं घाइतेहरूलाई सहरका विभिन्न अस्पतालमा लगिएको छ।
फायर सर्भिस कन्ट्रोल रुमका ड्युटी अफिसर लिमा खानमले भनिन्, “हामीले दिउँसो १ः१८ बजे उत्तराको माइलस्टोन स्कुल एण्ड कलेज नजिकै विमान दुर्घटना भएको खबर प्राप्त गरेका थियौँ।’ उनका अनुसार घटनास्थलमा उत्तरा, टोङ्गी, पल्लवी, कुर्मीटोला, मिरपुर र पूर्वाचलका आठ वटा दमकल खटिरहेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूले धेरैलाई घाइते अवस्थामा उद्धार गरेको देखिन्छ। उनीहरुलाई उत्तरा आधुनिक अस्पतालमा लगिएको बताइएको छ ।
ढाका मेडिकल कलेज अस्पताल, कुर्मिटोला जनरल अस्पताल, कुवेत–बंगलादेश मैत्री सरकारी अस्पताल, उत्तरा महिला मेडिकल कलेज, शहीद मन्सूर अली मेडिकल कलेज अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।
डीएमपीको उत्तरा डिभिजनका उप पुलिस आयुक्त मोहिदुल इस्लामले पत्रकारहरूलाई भने, ‘माइलस्टोन कलेज क्षेत्रमा तालिम विमान दुर्घटना भएको छ। उद्धार कार्य जारी छ। थप विवरण पछि दिइनेछ।’
प्रत्यक्षदर्शीहरूले भने कि विमान अचानक ठूलो आवाजको साथ भवनमा ठोक्कियो, जसले विद्यार्थी र क्याम्पसका कर्मचारीहरूमा त्रास फैलाएको थियो। भवन मुख्यतया प्लेग्रुप कक्षाहरूका लागि प्रयोग गरिएको थियो, जुन दुर्घटना हुनुभन्दा केही बेर अघि मात्र समाप्त भएको थियो।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया