त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला सोमबारदेखि सुरु भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ ।
बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामूहिक रूपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदलयात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै छ ।
मेलाको पहिलो दिन आज १२ हजार ४७५ जनाले मन्दिर दर्शन गरेका हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिए।
“हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । तीमध्ये धेरैजसो आफ्नै सवारिसाधन प्रयोग गरेर आएका छन्”, उनले भने।
हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा उत्साहजनक उपस्थिति बढेको बताए।
मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिङ्गमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएको जल चढाउने गरिन्छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया