एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरिएको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यले छलफल गर्नेछन् । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि आआफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
हिजो प्रतिवेदनमाथि गण्डकी, मधेस, प्रदेश विशेष, सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ ।
पार्टी सचिवालय र पोलिटव्यूरोबाहेकका सदस्यले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रूपमा धारणा बुझाएका छन् । प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरूसहितको घोषणापत्र जारी गर्दै आजै बैठक सकिने छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया