विश्वप्रकाशको चेतावनी : एमालेसँग गठबन्धन गरेकै भरमा जे आउँछ मजाले पचाउँछ भन्ने हुँदैन

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गरेकै भरमा नेकपा एमालेले ल्याएका सबै प्रस्तावमा आफ्नो पार्टीले सहजै स्वीकार्न नसक्ने बताएका छन्।
बीपी कोइरालाको ४३औं स्मृति दिवसमा मंगलबार आयोजित देश विकास र देशवासीको उन्नतीको आधार-बीपी विचार विषयक गोष्ठीलाई सम्बोधन गर्दै शर्माले भूमि विधेयक पारित गर्न एमालेले गरेको हतारतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।
‘भूमि विधेयक हतारोमा लटरपटर गरेर हुँदैन। गहल छलफल गरेर समितिमा लगेर दुइटा दलहरूबीचको विमतिलाई पनि घटाएर जानुपर्छ। छलफल बहस र विमति राख्छ र सँगसँगै सहकार्य परेर पनि जान्छ,’ उनले भने, ‘एमालेसँग गठबन्धन गरेकै भरमा जे आउँछ मजाले पचाउँछ’ भन्ने होइन।’
समितिमा छलफल नभई भूमि विधेयक पास हुनै नसक्ने उनको भनाइ थियो। उनले भूमि विधेयक पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताए। भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको शर्माकाे भनाइ छ ।
















वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया