स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भएकी २९ वर्षीया जुनु राना थापामगर र काठमाडौं महानगरपालिका–३२ बस्ने बर्दिया गुलरिया नगरपालिका–२ घर भएका ३३ वर्षीय सुदिप कुमार यादव रहेका छन् ।
पक्राउ मध्ये जुनुले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र सुदिपले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ५४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जुनुलाई काठमाडौं महानगरपलिका–१५ बाट र सुदिपलाई काठमाडौं महानगरपालिका३० बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया