५ अंकले बढ्यो नेप्से, साढे १९ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १७ अंकले बढेर दुई हजार नौ सय ७८ दशमलव ८८ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १९ कम्पनीको चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर एक लाख ७० हजार ३१८ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ दशमलव ६७ को कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव २५, विकास बैंक शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव १०, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ७२ र निर्जीवन बिमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी वित्त समूह तीन दशमलव २३ प्रतिशतले बढेको छ । जलविद्युत् शून्य दशमलव ८८, लगानी शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, म्युचुअल फण्ड शून्य दशमलव १५, व्यापार शून्य दशमलव ३१ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेका छन् ।
ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ३२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ७८ करोड १० लाख २८ हजार ४३३ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको १९ लाख ५४ हजार १३० कित्ता शेयर खरिदबिक्री भएको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया