सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्वारा प्रधान कार्यालयको भ्रमण

काठमाडौं । नेपाली सेनाको सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ६ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले साउन ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।
अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आईरहेको विविध कार्यहरुको बारेमा जानकारी लिनुकोसाथै सशस्त्र प्रहरी बल नेपालबारे राखेका विविध जिज्ञासाहरुको सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपक अधिकारीले प्रष्ट पारे ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले शिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, परिचालनका क्षेत्र तथा भूमिका, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, सुरक्षा चुनौतीहरु र नेपाली सेनासँग सशस्त्र प्रहरी बल नेपालको विद्यमान तथा भविष्यमा गर्न सकिने आपसी समन्वय, सहयोग र सहकार्य लगायतका विविध विषयमा प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए।
कार्यक्रममा नेपाली सेनाका महासेनानी शिखर जंग बहादुर राणासहितको प्रशिक्षक तथा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरी सो सम्बन्धी जानकारी समेत लिएका छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया