सैनिक वार कलेजका शिक्षार्थी अधिकृतहरुद्वारा प्रधान कार्यालयको भ्रमण

काठमाडौं । नेपाली सेनाको सैनिक वार कलेज नगरकोटमा संचालित ‘सि.सं. ६ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले साउन ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।
अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आईरहेको विविध कार्यहरुको बारेमा जानकारी लिनुकोसाथै सशस्त्र प्रहरी बल नेपालबारे राखेका विविध जिज्ञासाहरुको सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपक अधिकारीले प्रष्ट पारे ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले शिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, परिचालनका क्षेत्र तथा भूमिका, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, सुरक्षा चुनौतीहरु र नेपाली सेनासँग सशस्त्र प्रहरी बल नेपालको विद्यमान तथा भविष्यमा गर्न सकिने आपसी समन्वय, सहयोग र सहकार्य लगायतका विविध विषयमा प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए।
कार्यक्रममा नेपाली सेनाका महासेनानी शिखर जंग बहादुर राणासहितको प्रशिक्षक तथा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरी सो सम्बन्धी जानकारी समेत लिएका छन् ।














गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया