Riddara RD6 अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा, आकर्षक सुविधासहित बजारमा उपलब्ध

काठमाडौं । नेपाल —CG मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप Riddara RD6 का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक EV पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत, CG मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।
Riddara RD6 2WD मा ६३ kWh क्षमताको ब्याट्री, २०० kW पावर, र ३८५ Nm टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमी (NEDC) को ड्राइभिङ रेन्ज प्रदान गर्छ। Geely को MAP प्लेटफर्ममा आधारित यो पिकअपमा Independent Suspension जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र V2L (Vehicle-to-Load) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, Comfort, Economy, Off-road जस्ता ३ ड्राइभ मोड, 360 Degree क्यामेरा, म्याट्रिक्स LED हेडलाइट, र ६६% हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले: आकर्षक Cashback अफर, निःशुल्क एसेसोरीहरू,रु. ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस पाउनेछन्।
सुलभ चार्जिङ र सेवाका लागि CG मोटर्सले २६०+ चार्जिङ स्टेसनहरू र २०+ सेवा केन्द्रहरू नेपालको विभिन्न भू-भागमा संचालनमा ल्याएको छ, जसले Riddara RD6 मालिकहरूलाई जहाँ भए पनि सुविधा र पहुँच सुनिश्चित गर्छ।
चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक Geely द्वारा निर्माण गरिएको Riddara RD6 अहिले चीनमै EV पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि यो एक स्मार्ट, टिकाउ, र भविष्यमुखी विकल्प बनेको छ।













कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया