नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर
मेरोन्यूज
२०८२ साउन ९ गते २१:३०

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्त ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउँदैछ।
कम्पनीका अनुसार एक्स्पोमा टोयोटाको तीन मोडल –यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्ड क्रुजर २५० प्रदर्शनमा राखिनेछन्। उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’ , ‘प्ल्याटिनम कार्ड’ साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउनेछन्।
स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरूको लागि मात्रै उपलब्ध हुनेछ।
सम्बन्धित
















स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया