सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले कांग्रेस चितवनका पूर्व सभापतिसमेत रहेका गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको उल्लेख गरेका छन् । स्वर्गीय गुरुङले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने देउवाको भनाइ छ ।
‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाको शोक वक्तव्यमा भनिएको छ । गुरुङको शनिबार बिहान ८ः४५ बजे ७६ वर्षको उमेरमा निधन भएको थियो । उनी भरतपुर महानगरपालिका वडा नं. २६, दिव्यनगरमा बसोबास गर्दै आएका थिए । गुरुङको आइतबार सवा ११ पवित्र तीर्थस्थल देवघाटधाममा लगी अन्त्यष्टी गरिने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया