सिरहामा गोली हानेर लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका-४ कुसण्डीमा प्रहरीले गोली प्रहार गरी लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शनिबार भारत बिहारस्थित मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
शनिबार दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई जाँचका लागि रोकेको समयमा चालकले मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारपछि मोटरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।
पक्राउ परेका पासवानको साथबाट प्रहरीले ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया