आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

काठमाडौं ।आज २०८२ साल साउन ११ गते आइतबार। साउन शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुलाई २७ तारिख। आज बराहा जन्मजयन्ती परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यको गम्भीरतालाई बुझेर निर्णय लिनुहोला। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। समयको सदुपयोग गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
वृष : इष्टमित्रहरूको सहयोग मिल्नेछ। कसैसँग वादविवादमा नपर्नुहोला। नयाँ अनुबन्धमा साइन गर्दा सजगता अपनाउनु होस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : धैर्य र पराक्रममा वृद्धि हुनेछ। समय उत्तम रहनेछ। सानो दुरिको सुखद यात्रा रहनेछ। शत्रुमाथि विजय प्राप्त गरिनेछ। कार्यसमयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : वोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरू सम्पादन गर्न सकिनेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
सिंह :आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। अरुलाई प्रभावित पारेर कार्यलाई सम्पादन गर्न सकिनेछ। गुप्त कुराहरू बाहिरिन सक्लान् सचेत रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
कन्या :समयमा साावधान नहुदा शुभचिन्तकहरू टाढिनेछन्। परिवारमा कुनै कुरालाई लिएर मनमुटाव हुन सक्छ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
तुला :भौतिक संसाधन जुटाउने वा दिगो योजना प्रारम्भ गर्ने समय रहेको छ। सेवामूलक कार्यबाट प्रतिष्ठा पाइएला। मेहनतले अवसरवादीहरूलाई पछि पार्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : कार्यक्षेत्रमा रोकिएका काम अगाडि बढ्नेछन् साथै जिम्मेवारी पनि बढ्नेछ। व्यापारमा प्रशस्त फाइदा उठाउन सकिएला। प्रतिष्ठित व्यक्तिसँगको भेटघाटले काममा उत्साह जाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
धनु : नयाँ कार्यप्रति आकर्षित भइनेछ। व्यावहारिक समस्याले गर्दा योजना रोकिन सक्ला। साथीभाइको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर :शरीरमा शारीरिक कमजोरीको अनुभूति हुनेछ। कार्य समयमा सम्पादन नहुनाले मनमा अज्ञात भय रहनेछ। आध्यात्मतर्फ झुकाव बढ्नेछ। व्यापारलाई पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ :व्यवसायमा मनज्ञ लाभ रहनेछ। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला| आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मीन :प्रतिस्पर्धामा विजय भइनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। रोकिएका कार्यले पुनः गति लिनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया