कम्बोडिया र थाइल्याण्डसँग युद्धविरामका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पहल वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डको सीमा विवाद अन्त्यका लागि आफूले वार्ता गरिरहेको बताएका छन् । स्कटल्याण्डको भ्रमणमा रहेका ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “थाइल्याण्डसँगको युद्ध रोक्ने सन्दर्भमा कम्बोडियाका प्रधानमन्त्रीसँग भर्खरै कुराकानी भएको छ ।” “मैले थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग भर्खरै कुरा गरेको छु र यो कुराकानी निकै राम्रो भएको छ,” उनले पछिल्लो पोस्टमा भनेका छन् ।
“कम्बोडियाजस्तै थाइल्यान्ड पनि तत्काल युद्धविराम र शान्ति चाहन्छ,” उनले भने । उनले थपे, “अब म कम्बोडियाका प्रधानमन्त्रीलाई त्यो सन्देश दिनेछु । दुवै पक्षसँग कुरा गरिसकेपछि युद्धविराम, शान्ति र समृद्धि स्वाभाविक देखिन्छ ।
हामी चाँडै यसलाई देख्नेछौं!” स्थानीयले रबर र धान खेती गर्ने खेतीयोग्य जमिन र पहाडले घेरिएको जङ्गली र देशको ग्रामीण सीमा क्षेत्रमा युद्ध फैलनुअघि सीमानामा लामो समयदेखि विवादित प्राचीन मन्दिर स्थलहरूमा तनाव उत्पन्न भएको थियो। थाइल्याण्डको खाडीमा मुख्य फ्रन्टलाइनबाट करिब २सय ५० किलोमिटर दक्षिणपश्चिममा पर्ने तटीय क्षेत्रमा शनिबार तेस्रो दिन झडप सुरु भएको हो ।
ट्रम्पले भने, “म एक जटिल परिस्थितिलाई सरल बनाउने प्रयास गर्दैछु! यो युद्धमा धेरै मानिस मारिएका छन् । यसले मलाई पाकिस्तान र भारतबीचको द्वन्द्वको सम्झना गराउँछ, जुन सफलतापूर्वक रोकिएको थियो।” ट्रम्पले युद्ध नरोकिएसम्म कुनै पनि देशसँग व्यापार सम्झौतामा अघि नबढ्ने सङ्केत पनि दिएका छन् ।
















कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया