कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत भएका छन्। आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध विराम भएको बताए। यसअघि साताको सुरुवातमा नै राष्ट्रपति ट्रम्पले आफूले दुवै पक्षका नेतालाई भेटेर युद्ध विरामको पहल गरेको बताएका थिए।
उनले सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।
यसै महिनाको सुरुवातमा नै ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थाइल्यान्ड र कम्बोडियामा पुग्ने अमेरिकी समानमा ३६ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको बताउँदै यसका लागि प्रयास गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका थिए।
उनले यसका लागि आसियनको नेतृत्व गरी रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि प्रयास गरेको बताए।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया