शुक्रबार, वैशाख २५, २०८३

चर्चामा रहेको फिल्म ‘सैयारा’ ले ९ दिनमा कति कमायो ?

मेरोन्यूज २०८२ साउन ११ गते १६:१४

काठमाडाैं । भारतीय फिल्म ‘सैयारा’ ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ।

Advertisement
NiccNicc

स्याकानिल्कको रिपोर्ट अनुसार, फिल्मले आफ्नो नवौं दिन शनिबार लगभग २६.५ करोड भारु कलेक्शन गरेको छ। याेसँगै ‘सैयारा’ काे अहिलेसम्मकाे कमाई २१७ करोड पुगेको छ।

‘सैयारा’ यस वर्षको दोस्रो फिल्म हो जुन २०० करोड क्लबमा प्रवेश गरेको छ। विक्की कौशल अभिनित फिल्म ‘छावा’ याे वर्ष सबैभन्दा छिटो २०० करोड कमाउने फिल्म बनेको थियाे।

आइतबार भारतमा सार्वजनिक विदा भएकाले याे दिन ‘सैयारा’ले दर्शकहरुकाे भरपुर साथ पाउने अपेक्षा राखिएकाे छ ।

प्रतिक्रिया