क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मेरोन्यूज
२०८२ साउन ११ गते १८:०७

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।
सो अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने गोरखा पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया