कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

काठमाडौं । शिव मन्दिरको बिषयलाई लिएर थाइल्याण्ड र कम्बोडिया बिचमा बिबाद र गोली हानाहान जारी छ। तर, यसैबेला कम्बोडियावाट एउटा अर्को खबर आएको छ ।
कम्बोडियामा यतिखेर मानव बेचबिखनको मुद्दाले हाल चर्चामा आएको छ किनभने कम्बोडिया प्रहरीले मानव बेचबिखन गर्ने ठुलो गिरोहलाई पक्राउ गरेको छ।
गत २७ जुन २०२५ देखि २२ जुलाई २०२५ सम्म कम्बोडियामा साइबर अपराध केन्द्रहरूमा छापा मारिएको थियो, जसमा ३ हजार ७५ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा १ सय ५ भारतीय र ८१ पाकिस्तानीसमेत रहेका छन् । उनीहरूको केन्द्रमा छापा मारेर ल्यापटप, मोबाइल, लागुऔषध र नक्कली प्रहरी पोशाक बरामद गरिएको कम्बोडियाको प्रहरीले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटको आदेशमा यो अपरेशनमार्फत छापा मारिएको हो।
उनीहरुलाई केन्द्र वा कम्पनीमा जागिर दिने प्रलोभनमा पारेर कम्बोडिया, लाओस र म्यानमार जस्ता देशमा लगिन्छ । यी अफरहरू इन्स्टाग्राम, युट्युब, टेलिग्राम लगायतका सामाजिक सञ्जालहरूमा एजेन्टहरू मार्फत प्रसारित हुन्छन्। एजेन्टको जालमा फसेकाहरूलाई सिंगापुर, थाइल्याण्ड वा दुबई हुँदै कम्बोडियामा लगिन्छ।
उनीहरुको राहदानी खोसेर साइबर अपराध केन्द्रमा थुनिन्छन र त्यसपछि पीडितहरू क्रेडिट कार्ड ठगी, क्रिप्टोकरेन्सी घोटाला, हनीट्र्याप र डिजिटल गिरफ्तारीजस्ता घोटाला गर्न बाध्य हुन्छन्। पीडितहरूले पालना नगरेमा सुरक्षा गार्डहरूले हिंसा वा यातना दिने गर्छन्।
यो कुरा सार्बजनिक भए पछि प्रहरीले ठुलो मात्रामा देशैभरी अप्रेसन चलाएको हो ।
















कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया