पत्रकार पराजुलीको उपन्यास ‘बखान’ प्रकाशोन्मुख

चितवन । तत्कालीन राणाशासन र पञ्चायतका विरूद्ध आफ्ना छोराद्वय गुमाएका पात्र हुन् बखानसिंह गुरुङ । विसं २००७ को बन्दीपुर कब्जा गर्दा छोरा धर्मध्वज गुरुङ गुमाएका बखानले विसं २०१८ को भरतपुर काण्डमा दोस्रो छोरा लालध्वज गुरुङ पनि गुमाउन पुगे ।
तनहुँको पुलिमराङमा जन्मिएर चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका बखानसिंहको जीवन यात्रालाई उपन्यासमा समेटिएको छ । चितवनको ऐतिहासिक पृष्ठभूमिलाई समेटेर उठान हुने उपन्यास ‘बखान’ पत्रकार वसन्त पराजुलीले लेख्नु भएको हो । शिखा बुक्सद्वारा सो उपन्यास प्रकाशन हुन लागेको हो ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले यही साउन अन्तिममा बखान उपन्यास बजारमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी प्रकाशनको अन्तिम तयारीमा छौँ । साउन अन्तिमसम्ममा किताब बजारमा ल्याउने हाम्रो तयारी छ । ” विसं २०१३ मा सहकारी संस्था स्थापना गरेका बखानसिंह र उहाँको परिवारमाथि त्यतिबेला राज्यपक्षबाट भएका ज्यादती, बखानसिंहले गरेका सङ्घर्षलाई उपन्यासमा समेट्ने प्रयास गरिएको छ ।
लेखक पाराजुलीले चितवनमा बस्ती विकास गरेको विषयसँगै तत्कालीन राजा महेन्द्रको निधन, चितवन राष्ट्रिय निकुञ्जमा सिकार गरेको इतिहासलाई पनि उपन्यासमा मुख्य विषयवस्तु बनाइएको जानकारी दिनुभयो । मायाप्रेम, राजनीतिक उतारचढाव, सामाजिक परम्परा, गुरूङ समुदायमा प्रचलित रोदी परम्परा, बसाइँसराइ लगायतका विषयलाई लेखकले औपन्यासिक रुप दिनुभएको छ ।
कतै न कतैबाट बखानसिंहको जीवन सङ्घर्ष उपन्यासको रुपमा पाठकले पढ्न पाउने उहाँको भनाइ छ । उनीहरु मलेरियासँग कसरी जोगिएर चितवन बचाए भन्ने कुरा पनि उपन्यासमा पढ्न पाइन्छ । यसका अलवा उपन्यासमा चितवनका आदिवासी थारुको संस्कृति, वेषभूषाका बारेमासमेत चर्चा उपन्यासमा गरिएको छ । कुमाता’ ‘मोम्चो’, ‘ड्रिमि आइज’ जस्ता कथासङ्ग्रहमार्फत पाठकमाझ पहिचान बनाएका पत्रकार पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्षसमेत हुनुहुन्छ । पराजुलीको उन्यासिक आख्यान बखान पहिलो हो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया