थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामका लागि वार्ता सुरु

थाइल्यान्ड र कम्बोडियाको जङ्गलले घेरिएको सीमानामा पाँच दिनको लडाइँपछि युद्धविराम खोज्दै दुवै मुलुकका नेताहरूले सोमबार मलेसियामा शान्ति वार्ता सुरु गरेका छन् । लडाइँमा दुवै पक्षका कम्तीमा ३५ जना मारिएका छन् ।
लामो समयदेखि विवादित क्षेत्रमा भएको युद्धमा दुई पक्षले तोप, रकेट र बन्दुक प्रहार गर्दा दुई लाखभन्दा बढी मानिस भागेका छन् । विवादित क्षेत्रमा प्राचीन मन्दिरहरूको समूह छ ।
सन् १९०७ मा कम्बोडियाको फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण दुवै पक्षले दावी गरेको इलाकामा सन् २००८ देखि सन् २०११ मा भएको हिंसापछिको यो सबैभन्दा घातक घटना हो ।
वार्ता सुरु हुनुभन्दा केही घण्टाअघि तनावपूर्ण सीमानाबाट १७ किलोमिटर (१० माइल) टाढा कम्बोडियाली सहर सामाराङमा एक एएफपी पत्रकारले एक मिनेटमा १० वटासम्म विस्फोटको निरन्तर आवाज सुनेको रिपोर्ट गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा हस्तक्षेप गर्नुभयो र दुवै पक्षले ‘छिट्टै समाधान गर्न’ सहमत भएको बताए । ट्रम्पसामु दुवै राष्ट्रले भारी भन्सार शुल्कको खतराबाट बच्न व्यापारिक सम्झौताका लागि अनुरोध गरिरहेका छन् ।
थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले प्रशासनिक राजधानी पुत्रजयामा दिउँसो ३ः१५ बजे (०७१५ जिएमटी) वार्ता सुरु गर्नुभएको छ ।
थाइल्यान्ड र कम्बोडिया दुवै सदस्य रहेको आसियान ब्लकका अध्यक्ष रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निवासमा उहाँहरूबीच भेट भएको थियो । इब्राहिमले यसअघि मिडियालाई आफूले ‘तत्काल युद्धविराम’ मा ध्यान केन्द्रित गर्ने बताउनुभएको थियो ।
वासिङ्टनका शीर्ष कूटनीतिज्ञ मार्को रुबियोले विदेश मन्त्रालयका अधिकारीहरू ‘शान्ति प्रयास’ मा सहयोग गर्न मलेसियामा रहेको बताए भने कम्बोडियाले आफ्नो निकट सहयोगी चीनको प्रतिनिधिमण्डल पनि सहभागी हुने बताएको छ ।
तर शिखर सम्मेलनअघि थाइल्यान्ड र कम्बोडियाले नयाँ गोलीबारी र तीखो आरोप–प्रत्यारोप गरेका छन् ।
कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले भने, “थाइल्यान्डले भारी हतियार र धेरै सेनाको तैनातीका साथ कम्बोडियाको क्षेत्रमा आक्रमण गरेको यो पाँचौँ दिन हो ।”
बैङ्कक विमानस्थलबाट प्रस्थान गर्दा फुमथमले पत्रकारहरूलाई कम्बोडियाले ‘सद्भावका साथ काम गरिरहेको छ’ भन्ने विश्वास नभएको बताउनुभयो र बैठकमा देशलाई ‘साँचो मनसाय देखाउन’ आह्वान गरे ।
सीमानाबाट ३० किलोमिटर टाढा र लडाइँबाट भागेका व्यक्तिहरूको केन्द्र थाइल्यान्डको सुरिन सहरमा ५८ वर्षीया लाम्डुआन चुएनजितले आफ्नो नेताको शङ्कालाई साझा गरे।
“मलाई आशा छ कि आज वार्ता राम्रोसँग चल्छ र युद्धविरामका साथ समाप्त हुन्छ”, उनले भने, “तर कम्बोडिया कति भरपर्दो छ भनेर म आश्चर्यचकित छु ।”
















आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
मौसम पूर्वानुमान: कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया