सोमबार, वैशाख २१, २०८३

पतञ्जली जग्गा प्रकरणमा पूर्वसचिव पन्तसँग ५ लाख धरौटी माग

मेरोन्यूज २०८२ साउन १३ गते १७:२६

काठमाडाैं । पतञ्जली जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका तत्कालीन भूमिसुधार सचिव छविराज पन्तसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

Advertisement
NiccNicc

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

पूर्वसचिव पन्तसहित पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध पनि मुद्दा दायर गरेको थियो।

२०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो।

साेही वर्ष चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।

प्रतिक्रिया