युक्रेनको जेलमा रुसले हान्यो बम, १७ कैदीको मृत्यु, ४२ घाइते

काठमाडौं । दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा अवस्थित जेलमा रुसले हवाई आक्रमण गर्दा १७ कैदीको मृत्यु र ४२ जना घाइते भएको युक्रेनी अधिकारीले बताएका छन्।
क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुगेको बताए।
यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बमसहित आठ आक्रमण गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जेलमा ‘जानाजानी गरिएको आक्रमण’को निन्दा गरेका छन्।
रुसले युक्रेनीहरूको हत्या गरेको आरोप लगाउादै उनले युद्धविराम धेरै पहिले नै लागू गर्न सकिन्थ्यो भनेका छन्।
जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रमध्ये एक हो।
रुसले २०२२ देखि यसलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ, यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनको नियन्त्रणमा छ।
युक्रेनको न्याय मन्त्रालयले जेलमा चारवटा बम विस्फोट भएको बताएको छ। यसले भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त पारेको छ।
मन्त्रालयले आक्रमणमा मारिएका र घाइते भएका सबै कैदी भएको बताएको छ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया