बागमतीका मुख्यमन्त्री लामाले गरे ३ मन्त्री नियुक्त
मेरोन्यूज
२०८२ साउन १४ गते ११:१९

हेटौडा । संसदीय दलमा पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज तीनजना मन्त्री नियुक्त गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुन लागिरहेको बेला लामाले आज अचानक तीन मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसका प्रदेशसभा सदस्यहरू मध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेको जनाइएको छ ।
तर, हतार हतार गरेर तीन नयाँ मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण नगराउन आग्रह गरेको छ ।
सम्बन्धित















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया