साङ्घाईमा आँधीका कारण करीव तीनलाख मानिसलाई सुरक्षित स्थलमा सारियो

शक्तिशाली आँधी को–मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरूलाई सुक्षित स्थानमा स्थानान्तरण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘साङ्घाई सेन्ट्रल मेट्रोलोजिकल अब्जर्भेटरी’ले बुधबार दिउँसो वर्षाका कारण जोखिम आउनसक्ने खतराको चेतावनीलाई कमजोर हुँदै गएको बताएको छ । को–मेले पूर्वी झेजियाङ प्रान्तमा बुधबार बिहान ४ः३० बजे अवतरण गरेको थियो भने साँझमा साङ्घाईमा अवतरण गर्ने अपेक्षा गरिएको छ ।
“मङ्गलबार रातिदेखि बुधबार बिहान १०ः०० बजेसम्म प्रभावित मानिसहरूलाई स्थानान्तरण गरिएको राष्ट्रिय प्रसारणकर्ता सिसिटिभीले जनाएको छ ।
चीनको प्रभावित तटबाट देखिएको प्रत्यक्ष दृश्यहरूले समुद्री किनारको पैदल मार्गमाथि छालहरू फैलिएको देखाएको छ भने निङ्बो सहरबाट गरिएको प्रसारणमा बासिन्दाहरूलाई पानीबाटै आवतजावत गरेको देखाएको । यसैबीच, चीनले रूसको कामचटका प्रायद्वीपमा ८.८ म्याग्निच्युडको भूकम्प आएपछि आफ्नो समुद्री तटमा सुनामीको चेतावनी पनि दिएको हो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया