नाउपा संसदीय दलका नेता गंगारामलाई रञ्जिताले सोधिन् २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की निलम्बित अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको आरोप लगाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न माग गरेकी छन् ।
अध्यक्ष श्रेष्ठले स्वास्थ्यमा समस्या भई उपचारमा रहेको बेलामा बिनाजानकारी गैरकानुनी निर्णय लिएको आरोप लगाएकी छिन् । आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।
उनले चौधरीलाई सोधेको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने ? प्रस्तुतपत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र आधार कारण युक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा पार्टीको विधानबमोजिम तपाईंलाईं कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’ श्रेष्ठका अनुसार उक्त स्पष्टीकरण निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।
नाउपाको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । श्रेष्ठलाई हटाएर अर्को अध्यक्ष चयनको प्रयास थालिएकाे छ ।













कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया