सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन

धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि शाहले विश्वासको मत लिएका हुन् ।
जसका कारण विश्वासको मत लिनुपर्ने अवस्था आयो, उसै पार्टीको सांसदबाट विश्वासको मत पाएका हुन् । नाउपाकै सांसद कैलाश चौधरीले मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले विश्वासको मत दिएका हुन् ।
काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ । मत परिणाम भने घोषणा हुन बाँकी छ । नेकपा एमाले र नेपाली काँग्रेसले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन पहिले नै ह्वीप जारी गरेका थिए ।
५२ सदस्यीय (एक जना निलम्बन बाहेक) सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन चाहिन्छ । अहिले शाहसँग एमालेका ११ र कांग्रेसका १८ गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया