रुसद्वारा युक्रेनमा मिसाइल र ड्रोन हमला, ६ जनाको मृत्यु
मेरोन्यूज
२०८२ साउन १५ गते २१:३९

काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा बिहीबार हानेको मिसाइल र ड्रोन हमलामा परेर ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना नाबालिका समेत रहेको बताइएको छ ।
यस घटनामा अरू ५२ जना भन्दा धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । घाइतेहरूको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । मिसाइल लागेर किभमा ९ तले भवनको ठुलो हिस्सा खसेको किभका सैन्य प्रशासन प्रमुख तैमूर त्काचेंकोले भनेका छन् ।
भग्नावशेषभित्र कयौँ मान्छे पुरिएका अनि राहत र उद्धारको काम भइरहेको बताइएको छ । यस आक्रमणप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुःख व्यक्त गरेका छन् ।
यस आक्रमणमा रुसले किभको २७ वटा क्षेत्रलाई निशाना बनाएको त्काचेंकोले बताए । सबैभन्दा धेरै क्षति सोलोमिंसकी र स्वीयातोशिन्सकी जिल्लामा भएको बताइएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया