आपराधिक कार्यमा संलग्न ४७ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दी तथा आपराधिक कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।
“अवाञ्छित तथा गुण्डागर्दी गतिविधि गर्नेलाई नियन्त्रणमा लिएका हौँ, उनीहहरुसँग सोधपुछ भइरहेको छ,” उनले भने । रेष्टुरेन्ट, क्लबमा बसेर झैझगडा गर्ने तथा हप्ता असुल्ने कार्यमा संलग्न भएकाले पक्राउ गरिएको उनले बताए ।
प्रहरीले बिहीबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया