झलनाथलाई माधव नेपालले भने– निर्णय नमान्नेले पार्टीबाट बिदा भए हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ भन्दै यदि त्यो बोलेको हो भने पार्टीबाट बिदा गरिदिने बताए।
नेपालले भने, ‘पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन, खुरुक्क राजीनामा दिनु पर्छ बिदा लिएर जानु पर्छ।’
झलनाथ खनाल संस्थागत पार्टीको निर्णय उल्लंघन गर्ने कुरामा एक नम्बर रहेको समेत भन्न भ्याए। उनले रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोधिएकोले कारबाही हुने स्पष्ट पारे। पार्टीको सङ्गठनका निर्णयहरू उल्लंघन गर्ने व्यक्तिहरूलाई कारबाही गरिने नेपालको भनाई छ।











कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया