झलनाथलाई माधव नेपालले भने– निर्णय नमान्नेले पार्टीबाट बिदा भए हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ भन्दै यदि त्यो बोलेको हो भने पार्टीबाट बिदा गरिदिने बताए।
नेपालले भने, ‘पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन, खुरुक्क राजीनामा दिनु पर्छ बिदा लिएर जानु पर्छ।’
झलनाथ खनाल संस्थागत पार्टीको निर्णय उल्लंघन गर्ने कुरामा एक नम्बर रहेको समेत भन्न भ्याए। उनले रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोधिएकोले कारबाही हुने स्पष्ट पारे। पार्टीको सङ्गठनका निर्णयहरू उल्लंघन गर्ने व्यक्तिहरूलाई कारबाही गरिने नेपालको भनाई छ।















रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया