विविध धार्मिक कार्यक्रम गरी मनाइँदै गुरु पद्मसम्भवको जन्म दिवस र महाकाल जात्रा

काठमाडौं ।तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस ‘छेच्यु’ तथा बौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा विविध धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै बौद्धनाथ क्षेत्र विकास समितिले गुरु रिन्पोछेको जन्म दिवसको अवसरमा साउन १९ गते बिहान ९ बजेबाट बौद्ध महाचैत्य आसपासका विभिन्न स्थलहरू महाकाल, तीनचुली र घ्योइलिसाङ पोखरी (गुरु पार्क)मा विशेष पूजाअर्चना गरिने जानकारी दियो।
सोहीदिन दिउँसो ३ बजे तीनचुलीबाट गुरु रिन्पोछेको प्रतिमासहित निकालिने, शोभायात्राले बौद्ध महाचैत्यको परिक्रमा गरेपछि गुरु रिन्पोछेको आठ लीला झल्काउने ‘गुरु छेड्गे छ्याम’ धार्मिक नृत्य प्रस्तुत गरिनेछ ।
यस्तै महाकाल जात्राको परम्परागत थालनी गर्दै साउन २७ गते दुइहाते महाकालको जात्रा पनि गरिने समितिले जनाएको छ ।
महाकालको पूजा लामा, बज्राचार्य र ब्राह्मण गुरुहरुद्वारा गरिनेछ । महाकालको प्रतिमालाई खटमा राखी रामहिटी, तीनचुली, बौद्ध, टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा फर्काइनेछ ।
११ बजेदेखि सुरु हुने जात्रामा शार्दूल जंग गुल्म (गुरुजु पल्टन)ले हर्ष बढाइ कार्यक्रम प्रस्तुत गर्ने समितिले जनाएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया