विविध धार्मिक कार्यक्रम गरी मनाइँदै गुरु पद्मसम्भवको जन्म दिवस र महाकाल जात्रा

काठमाडौं ।तिब्बती बौद्ध परम्परामा दोस्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)को जन्म दिवस ‘छेच्यु’ तथा बौद्ध धर्मका धर्मपाल मानिने महाकालको जात्रा विविध धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै बौद्धनाथ क्षेत्र विकास समितिले गुरु रिन्पोछेको जन्म दिवसको अवसरमा साउन १९ गते बिहान ९ बजेबाट बौद्ध महाचैत्य आसपासका विभिन्न स्थलहरू महाकाल, तीनचुली र घ्योइलिसाङ पोखरी (गुरु पार्क)मा विशेष पूजाअर्चना गरिने जानकारी दियो।
सोहीदिन दिउँसो ३ बजे तीनचुलीबाट गुरु रिन्पोछेको प्रतिमासहित निकालिने, शोभायात्राले बौद्ध महाचैत्यको परिक्रमा गरेपछि गुरु रिन्पोछेको आठ लीला झल्काउने ‘गुरु छेड्गे छ्याम’ धार्मिक नृत्य प्रस्तुत गरिनेछ ।
यस्तै महाकाल जात्राको परम्परागत थालनी गर्दै साउन २७ गते दुइहाते महाकालको जात्रा पनि गरिने समितिले जनाएको छ ।
महाकालको पूजा लामा, बज्राचार्य र ब्राह्मण गुरुहरुद्वारा गरिनेछ । महाकालको प्रतिमालाई खटमा राखी रामहिटी, तीनचुली, बौद्ध, टुसाल, चुच्चेपाटी हुँदै पुनः महाकाल स्थानमा फर्काइनेछ ।
११ बजेदेखि सुरु हुने जात्रामा शार्दूल जंग गुल्म (गुरुजु पल्टन)ले हर्ष बढाइ कार्यक्रम प्रस्तुत गर्ने समितिले जनाएको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया