माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
मेरोन्यूज
२०८२ साउन १७ गते ११:४९

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ।पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सुरु बैठक आज दोस्रो दिनमा प्रवेश गरेको हो।
बैठक केही बेरअघि अर्थात् बिहान ११ बजेपछि सुरु भएको हो।बैठकमा आज स्थायी समिति सदस्यहरूले प्रस्तुत एजेन्डाका विषयमा आफ्ना धारणा राख्नेछन्।
माओवादी स्थायी समितिमा पदाधिकारीसहित ४६ सदस्य छन्।बैठकको पहिलो दिन शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले समसामियक राजनीतिक विषयमा ब्रिफिङ गर्दै केन्द्रीय समितिको बैठक असोज तेस्रो साता राख्ने प्रस्ताव गरेका छन्।
बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएका विषयमा पनि स्थायी समिति सदस्यहरूले मत राख्नेछन्।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया