माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
मेरोन्यूज
२०८२ साउन १७ गते ११:४९

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ।पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सुरु बैठक आज दोस्रो दिनमा प्रवेश गरेको हो।
बैठक केही बेरअघि अर्थात् बिहान ११ बजेपछि सुरु भएको हो।बैठकमा आज स्थायी समिति सदस्यहरूले प्रस्तुत एजेन्डाका विषयमा आफ्ना धारणा राख्नेछन्।
माओवादी स्थायी समितिमा पदाधिकारीसहित ४६ सदस्य छन्।बैठकको पहिलो दिन शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले समसामियक राजनीतिक विषयमा ब्रिफिङ गर्दै केन्द्रीय समितिको बैठक असोज तेस्रो साता राख्ने प्रस्ताव गरेका छन्।
बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएका विषयमा पनि स्थायी समिति सदस्यहरूले मत राख्नेछन्।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया