बिहीबार, वैशाख २४, २०८३

माओवादी स्थायी समिति बैठक आजलाई सकियो, भोलि फेरि बस्ने

मेरोन्यूज २०८२ साउन १७ गते १७:२७

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको आजको बैठक सकिएको छ। शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि भोलि फेरि ११ बजे बस्नेगरि सकिएको हो।

Advertisement
NiccNicc

बैठकमा अहिलेसम्म २५ जनाले धारणा राखेको बताइएको छ। जसमा ५ पदाधिकारी बोलीसकेका छन्।

बैठकमा बोल्ने अधिकांशले उपमहासचिव जनार्दन शमाले नेतृत्वबारे पार्टीबाहिर बोलेर गल्ती गरेको भन्दै आत्मलोचना गर्न सुझाव दिएका थिए।

सचिव राम कार्की र स्थायी समिति सदस्य परशुराम तामाङले भने जनार्दन शर्माको पक्षमा बोलेका थिए। शर्मा स्वयं भने बोल्न बाँकी छ।

माओवादी स्थायी समिति बैठकमा पदाधिकारीसहित ४६ जना सदस्य छन्।

साउन ६ गते काठमाडौँमा आयोजित पुष्पलाल स्मृति दिवसको भएको कार्यक्रममा प्रचण्डको नाम नलिइ आलोचना गरेका थिए।

उनले नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई दिनुपर्नेदेखि कम्युनिस्ट नेतामा मनमोहन अधिकारीबाहेक अन्य सबै नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए।

प्रतिक्रिया