इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ ।
जुन २३ देखि जुलाई १३ सम्म चलेको यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागिता रहेको थियो । क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरू मार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।
विजेताहरु:
● TATA Xpres-T EV (क्याब ड्राइभर श्रेणी) – शुभ राज सुनुवार
● TVS Raider (बाइक (मोटो) राइडर श्रेणी) – जित थापा
दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने, र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो । यो घोषणा जुलाई २० मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो।
क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गर्याे, जसमा निम्न समावेश छन्ः
● OnePlus Nord CE4 Lite 5G स्मार्टफोनका १५ विजेताहरू
● Ultima Atom 192 इयरबडका ३० विजेताहरू
●Ultima Nova Pro स्मार्टवाचका ३० विजेताहरू
इनड्राइभका साउथ एशियाका ड्राइभर अपरेसन्सका रिजनल टिम लिडर डिमित्री ओख्लोप्कोभले भने “हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन्। यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्त्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो । इनड्राइभमा, हामी छनोटको स्वतन्त्रताको पक्षमा छौं, र हाम्रो निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र सवार दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्दछ । हामी हाम्रो चालक समुदायलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं। सबै विजेताहरूलाई बधाई छ, र हाम्रो मिशनलाई अगाडि बढाउनुभएकोमा धन्यवाद ।”
“हामीले अघिल्लो पटक वाचा गरेझैं, हामी हाम्रा ड्राइभर पार्टनर्सहरूका लागि ठूलो र उत्कृष्ट अभियान लिएर आएका छौं । हाम्रा सबै विजेताहरूलाई बधाई छ, तपाईंको समर्पणले हाम्रो अभियानलाई अगाडि बढाउँछ । हामी हाम्रा चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध छौं । इनड्राइभमा, ड्राइभर पार्टनर्सहरु हाम्रो समुदायको जग हुन, र हामी उनीहरूसँगै उभिएर, उनीहरूको प्रयासलाई मान्यता दिएर, र निष्पक्षता र छनोट गर्न सकिने प्लेटफर्मको सुनिश्चितता गरेर बढ्दै जानेछौं ।”, इनड्राइभ नेपालकी ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै उनीहरूको अमूल्य योगदानको कदर गर्दै भनिन् ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया