बाख्रा चराउन जाँदा युवककाे भिरबाट लडेर मृत्यु

अदानचुली (हुम्ला)। हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा)ले बताए ।
जङ्गल घरबाट गल्फागाड खोला पारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन अहिले स्थानीयवासी त्यसतर्फ लागेको उनले बताए । सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र पारिवारलाई जानकारी आएको हो । जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ । –––
















बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया