बैंकिङ प्रणालीबाट थप ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक
मेरोन्यूज
२०८२ साउन १८ गते ११:३५

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आगामी ४२ दिनका लागि थप ५० अर्ब रुपैयाँ बराबरको तरलता सङ्कलन गर्न लागेको छ।
आइतबारका लागि तोकिएको यस विशेष सङ्कलनको सूचना राष्ट्र बैंकले सार्वजनिक गरेको हो। सूचनामा उल्लेख गरिएको अनुसार, बोलकबोल प्रक्रियामार्फत संकलन गरिने तरलताको साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँको प्रस्ताव राख्न सक्नेछन्।
प्रस्तावित रकम ५ करोडको गुणानुपातमा तोकिएको दरमा भाग लगाइनेछ, र बाँकी रकम निःशेष भागसम्म स्वीकृत गरिने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकले देशको मौद्रिक तरलता सन्तुलनमा राख्न यस्ता अल्पकालीन सङ्कलन उपकरणहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया