यी हुन् तनहुँ बस दुर्घटनामा घाइते भएका ५ जना
मेरोन्यूज
२०८२ साउन १८ गते १८:०८

काठमाडाैं । गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह चारबजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित पृथ्वी राजमार्ग सडकबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँचजना घाइते भएको प्रहरीले जानकारी दियाे ।
दुर्घटनामा सहिदलखन गाउँपालिका- ६ की ४० वर्षीया सुनु थापा, सहिद लखन- ६ रानीस्वाँराकी ४३ वर्षीया सीता थापा, सोही ठाउँकी २८ वर्षीया मीना थापा, गोरखा नगरपालिका- ९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका- १ गिरानचौरका ७ वर्षीय खुशी राम रामदाम घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी सोनुलाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया