यी हुन् तनहुँ बस दुर्घटनामा घाइते भएका ५ जना
मेरोन्यूज
२०८२ साउन १८ गते १८:०८

काठमाडाैं । गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह चारबजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित पृथ्वी राजमार्ग सडकबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँचजना घाइते भएको प्रहरीले जानकारी दियाे ।
दुर्घटनामा सहिदलखन गाउँपालिका- ६ की ४० वर्षीया सुनु थापा, सहिद लखन- ६ रानीस्वाँराकी ४३ वर्षीया सीता थापा, सोही ठाउँकी २८ वर्षीया मीना थापा, गोरखा नगरपालिका- ९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका- १ गिरानचौरका ७ वर्षीय खुशी राम रामदाम घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी सोनुलाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया