सिरहाबाट लागुऔषधसहित ९ जना पक्राउ

काठमाडाैँ । सिरहाबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ नयाँ कमलपुरमा १ सय ३ किलोग्राम लागुऔषध (गाँजा) सहित आइतबार ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका वडा नम्बर १ मुक्सार बस्ने ४२ वर्षिय जय राम जोशी,सोही स्थान बस्ने ३० वर्षिय शिब कुमार सदा,सोही स्थानका २२ वर्षिय कृष्ण सदा,सोही स्थानका १८ वर्षिय सुरज सदा रहेका छन् ।
त्यस्तै सिरहाको गोलबजार नगरपालिकाका १९ वर्षिय पशुपति सदा,सिरहा गोलबजार नगरपालिका वडा नम्बर ३ का ३२ वर्षिय जिबच्छ साह,सिरहा औरही गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय राजिन्द्र यादव,भारतको मधुबनि कुमरखद ग्राम पञ्चायत वडा नम्बर १४ का ३९ वर्षिय बैजनाथ चौधरीर सोही ठाउँका ३० वर्षिय रमेश कुमार कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेश कुमार यादवले बताए ।
उनीहरूलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया