जनचाँसो सम्बोधन गरेर बहुविवाह सम्बन्धि कानून परिमार्जन हुन्छ : गृहमन्त्री लेखक

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधयेक समितिले कानून परिमार्जन गर्ने बताएका छन् । मंगलबार बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको बैठकपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिदै गृहमन्त्री लेखकले बहुविवाह सम्वन्धी व्यवस्था, विवाहको उमेर सम्वन्धी, अग्रिम जमानत सम्वन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी÷माफी परिर्वतन सम्वन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र परिमार्जजन गर्नुपर्ने देखिएकाले विधयेक समितिमै उपसमिति बनाइएको जानकारी दिए ।
“बहुविवाहका सम्वन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेर सम्वन्धी व्यवस्था, अग्रिम जमानत सम्वन्धी व्यवस्था र सरकारको सिफारिसमा सम्मानित राष्ट्रपति ज्यूले गर्नुहुने संविधानकै व्यवस्था छ ।” विधयेक समितिका संयोजक समेत रहनु भएका मन्त्री लेखकले भने–“ कुनै पनि सजायको माफी मुल्तवी अथवा दण्ड सजायको परिवर्तन सम्वन्धी व्यवस्था लगायतका केही व्यवस्थाहरुमा थप छलफल गरेर संशोधन परिमार्जजन गर्नुपर्ने देखियो ।”
उनले आजको बैठकमा समितिमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्वन्धी कानून गरी पाँच वटा विधयेकमा संशोधन प्रस्ताव प्रस्तुत भएको जानकारी दिए। “ आज बनाएको उपसमितिले सम्वन्धीत मन्त्रालयहरुको राय सल्लाह लिएर र अरु पनि आवश्यक छलफल गरेर यो विधयेकलाई संशोधन परिमार्जजन गरेर अगाढी बढाउछौं । ” लेखकले भने–“ बाहिर नागरिकका बिचमा चर्चा, चिन्ता चाँसो व्यक्त भएका छन् । ती सबैलाई विधयेक समितिले संशोधन गरेर यो कानूनलाई पर्मिार्जजन गर्छ ।
त्यसकारण आज हामीले त्यही निर्णय गरेका छौं ।” उनले कानून मन्त्रालय समेत रहने गरी विधयेक समितिको सचिवले आवश्यक समन्वय गर्ने बताए । “ कानून मन्त्रालय, कानून आयोग र महान्याधिवक्ताको उपस्थितिमा संशोधन र परिमार्जजन गर्छौ । देश र जनताको हितमा बनाउछौं । कानूनमा खराब कुरा आउछन भन्ने कुरा नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ ।” उनले भने । मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून लगायतका विषयमा छलफलका लागि मन्त्री लेखकले बैठक डाक्नुभएको थियो ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया